नेपाल सरकार

सूचना तथा सञ्चार मन्त्रालय

सूचना विभाग

Nepali | English

हाम्रो बारेमा

वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा प्रचार विभाग’ को स्थापना भयो । देशमा भएका विकासका काम र घटनासम्बन्धी विवरण बडाहाकिम मार्पmत प्राप्त गरी प्रचार विभागका डाइरेक्टरले जाँच गरी प्रकाशन गर्न पठाइन्थ्यो । त्यस समयका गोरखापत्र, शारदा, उद्योग आदि साहित्यिक पत्रिका र युगवाणी, नेपाल पुकार जस्ता विचारप्रधान पत्रिकामा प्रचार विभागबाट जाँच भएर मात्र लेखरचना प्रकाशन हुन्थे । भारत तथा अन्य देशबाट आएका पत्रपत्रिकालाई हुलाक र थानकोटमा रोकी विभागमा ल्याएर जाँच गरेपछि मात्र सम्बन्धित प्रापकलाई बुझाइन्थ्यो । नेपालसम्बन्धी र नेपालमा छापिएका पुस्तकहरू पनि प्रचार विभागले जाँच्ने र आपत्तिजनक भए जफत गरिने र आपत्ति नभए बजारमा बिक्रिका लागि पठाउने गरिन्थ्यो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि यस विभागलाई ।।।प्रचार–प्रसार विभाग’ नाम दिई गृह मन्त्रालय अन्तर्गत राखिएको थियो ।
                                प्रजातन्त्रको बहाली पछि नेपालमा पत्रकारिता विकासको ढोका खुल्यो । २००८ सालमा नेपाल छापाखाना र प्रकाशनसम्बन्धी ऐन र छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन प्रकाशन भई लागू भए । २०१५ सालमा प्रेस कमिसनले नेपाली पत्रकारिताको विकासमा अनेकौं रचनात्मक सुझाव दिएको थियो । यसैअनुरूप पत्रपत्रिकाका प्रतिनिधिहरूलाई प्रमाणपत्र दिने निर्णय भएपछि प्रचार–प्रसार विभागबाट प्रमाणपत्र वितरण र २०१६ सालदेखि पत्रपत्रिकालाई लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने कार्य प्रारम्भ भयो ।

विभागले नेपालको भौगोलिक अवस्था, इतिहास, पुरातात्विक सम्पदा, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज, चाडपर्व तथा नेपालका अन्य विविध पक्ष सम्बन्धी सूचनाहरू नेपाल राज्यभित्र प्रचार–प्रसार गर्ने र विश्वसामु नेपालको पहिचान गराउनेजस्ता उद्देश्य लिई विभिन्न सूचनामूलक र ज्ञानवद्र्धक पुस्तक÷पुस्तिका क्यालेण्डर प्रकाशन गर्ने, खरिद गर्ने ,समाचार चित्र, वृत्तचित्र र कथानक चलचित्र बनाउने तथा प्रदर्शन गर्ने र त्यस्तै खालका लेख, रचनाहरू नेपाल पत्रिकामार्पmत प्रकाशन गर्ने जस्ता कामहरू गर्न थाल्यो । समयचक्रसँगसँगै केही काम छाड्दै र केही काम थप गर्दै आएको छ सूचना विभाग ।
                                समय–समयमा भएको राजनीतिक परिवर्तनपछि परिवर्तनको औचित्य र आवश्यकता देश–विदेशमा प्रचार गराउन पनि तत्कालीन सरकारले विभागलाई सक्रिय बनाएको थियो । भाषण, सन्देश र घोषणाको साथसाथै तत्कालीन व्यवस्थाको प्रचार प्रसार गर्न मद्दत पुग्ने खालका विभिन्न प्रकारका पुस्तक पुस्तिका, पोस्टर, फोल्डर, तस्वीर, सिनेमा, वृत्तचित्र होर्डिब बोर्ड आदि प्रशस्त मात्रामा तयार गरी प्रदर्शन तथा वितरण गर्ने कामहरू पनि विभागबाट भएको पाइन्छ । राष्ट्रिय एकताको भावना जगाउने एवं जनतालाई राष्ट्रिय विकास कार्यमा संलग्न रहन चेतना प्रदान गर्ने ढंगबाट तयार गरिएका सामग्रीहरू पनि विभागबाट निर्माण, प्रकाशन र वितरण भएको पाइन्छ ।

२०१८ सालमा अमेरिकी सरकारको सहयोगमा ब्लक मेशिन जडान गरी त्यस बेलादेखि देशका शीर्षस्थ व्यक्तित्वहरूका तस्वीरहरू र विकास निर्माणका झलक देखाउने तस्वीरहरूको ब्लक बनाई प्रकाशन गर्न विभिन्न पत्र पत्रिकामा आवश्यक मात्रामा निःशुल्क वितरण गर्ने कार्यको पनि थालनी गरियो । नेपालमा आधुनिक छापा माध्यमको विकास नभएको अवस्थामा यस प्रकारको ब्लक बनाई वितरण गर्ने काम पत्रपत्रिकामा फोटो प्रकाशन गर्ने दृष्टिकोणले अति महत्वपूर्ण थियो । जुन फोटो पत्रकारिताको विकासको आधारस्तम्भ हो । यसका साथै विभिन्न विद्धान् लेखकहरूबाट लिखित, अनूदित नेपालको भौगोलिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक,कला, ज्ञानविज्ञान आदि विभिन्न विषयमा उपयोगी र ज्ञानवर्धक पुस्तक–पुस्तिकाहरू पनि यस विभागबाट प्रकाशन गरी सर्वसाधारणलाई निःशुल्क वितरण भएको पाइन्छ । यसै गरी आमा, हिजो आज र भोली तथा परिवर्तन जस्ता नेपाली कथानक चलचित्रहरू पनि यस विभागबाट निर्माण र प्रदर्शन भएका थिए । साथै वृत्तचित्रको निर्माण पनि सूचना विभागले गरेको देखिन्छ । नेपाली कथानक चलचित्र एवं वृत्तचित्रको विकासको इतिहासमा सूचना विभागकोे योगदानलाई कोषेढुङ्गाको रूपमा लिन सकिन्छ ।
                                फोटोग्राफीतर्प आफ्नै ल्याब स्थापना गरी राष्ट्रिय महत्वका समारोह, कार्यक्रम आदिको फोटो तत्कालै तयार पारी विभागले निःशुल्क वितरण गर्दै आएको छ । फोटो स्ट्याण्ड तयार गरी रमाइलो मेला, अलका मेला, नववर्ष मेला आदिमा विभागबाट फोटो प्रदर्शनी भएका थिए । विदेशी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको नेपाल भ्रमणको अवसरमा खिचेका सम्पूर्ण तस्वीरहरू क्याप्सनसहित एल्बममा राखी सम्बन्धित अतिथिको देशमा पठाउने गरिन्थ्यो । २०२१ सालमा फ्रान्सको ए. एफ. पी. सँग सम्झौता गरी विश्वघटनाको खबर स्वचालित टेलिप्रिन्टरबाट तुरुन्तै निकाली त्यसको प्रतिलिपि विभिन्न पत्रपत्रिकामा पठाउने कार्य गरिएको थियो ।

प्रचार विभाग, प्रचार–प्रसार विभाग, पे्रस सूचना विभाग र सूचना विभाग गरी यस विभागको नाम बेला–बेलामा परिवर्तन हुँदै कामको जिम्मेवारीमा पनि थपघट भईरहेको देखिन्छ । नाम र काममा फेरबदल भइरहे जस्तै विभागको कार्यालय भवन पनि फेरबदल भईरह्यो । वि.सं. २०३० सालको सिंहदरबार अग्निकाण्डपछि विभाग सिंहदरवारबाट निस्किएर घण्टाघर, ठमेल, बागबजार, अनामनगर, नयाँबानेश्वर हुँदै वि.सं २०५८ साल असोज २६ गतेदेखि काठमाडौं महानगरपालिका, तिलगंगास्थित सञ्चारग्राममा स्थायी रूपमा रहेको छ ।

वर्तमान समयमा प्रधानमन्त्री, सञ्चारमन्त्री, समय समयमा नेपालको भ्रमणमा आउने मित्रराष्ट्रका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरूको तर्पmबाट सम्बोधन गरिने पत्रकार सम्मेलनहरूको आयोजना गर्ने कार्यमा सूचना विभागले पत्रकार समन्वयमार्फत् सहयोग गर्दै आएको छ । सरकारको औपचारिक फोटोग्राफरको रूपमा विभिन्न सरकारी समारोहका तस्वीर खिची पत्रपत्रिकालाई उपलब्ध गराउने र ती तस्वीरका अभिलेख राख्ने काम पनि सूचना विभागले गरेको छ । विभागले नेपाल सरकारको आधिकारिक क्यालेन्डर तथा डायरीको प्रकाशन र वितरण तथा पत्रकार तालिम, अन्तरक्रिया कार्यक्रम, गोष्ठी र छलफल आदिको आयोजना गरी पत्रकारको क्षमता विकासमा योगदान पु¥याएको छ ।


                               

संगठनात्मक संरचना र कार्यक्षेत्रको परिवर्तन एवं सुधारको क्रममा २०४५ सालमा प्रकाशन तथा वितरण सम्बन्धी कार्यहरू मुद्रण तथा प्रकाशन विभागलाई हस्तान्तण गरिएको थियो । त्यस अघि सूचना विभागबाट प्रकाशित सामग्रीहरू सूचना विभागले मुद्रण विभागलाई बुझायोे । वि.सं. २०५२ सालमा पुनः संरचना परिवर्तन हुँदा प्रकाशन तथा वितरण सम्बन्धी कार्यहरू पुनः सूचना विभागमा आएको हो ।

पत्रपत्रिकाको प्रकाशनसम्बन्धी काम कारवाहीहरूलाई व्यवस्थित बनाउने उद्देश्यले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ र छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली, २०४९ को व्यवस्था भएकोमा यी ऐन कानुनको कार्यान्वयनका क्रममा सरकारी सूचना संकलन र वितरण, पत्रकार एवं पत्रपत्रिकाको अभिलेख राख्ने, प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउने र पत्रकारको क्षमता विकास गर्ने, नेपाल सरकारका प्रवक्ता र पत्रकार भेटघाट कार्यक्रम संचालन, श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ कार्यान्वयन गर्ने गराउने तथा प्रेस रजिष्ट्रारको जिम्मेवारी पूरा गर्ने जस्ता कार्यहरु सूचना विभागले गर्दै आएको छ । साथै प्रेस काउन्सिलबाट वर्गीकरण भएका पत्रपत्रिकाहरुलाई नेपाल सरकारको निर्णय बमोजिम लोक कल्याणकारी विज्ञापन र विज्ञापन प्रकाशन गरे वापतको रकम उपलब्ध गराउदै आएको पनि छ । नेपालभरी प्रकाशन भएका सम्पूर्ण पत्रपत्रिकाहरू र सूचना विभागबाट पत्रकार परिचयपत्र लिएका पत्रकारहरूको विवरण कम्प्यूटराइज्ड गर्ने कार्य पनि भैरहेको छ ।

आजको युग सूचनाको युग हो । प्रजातन्त्रको युग हो । प्रजातान्त्रिक शासन प्रणालीले जनतालाई अभिव्यक्तिको स्वतन्त्रता सँगसँगै सूचनाको हक प्रदान गरेको हुन्छ । जनतालाई सूचनाहरु उपलब्ध गराउनु सार्वजनिक निकायको दायित्व रहन्छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ मा “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ” भनी सूचनाको हकको व्यवस्था

गरिएको छ सूचनाको हकको कार्यान्वयनका लागि सूचनाको हक सम्बन्धी ऐन, २०६४ को व्यवस्था गरिएको छ । सूचनाको हकले सार्वजनिक सरोकारका सूचनामा जनताको पहुँच सुनिश्चित गर्दै त्यस्ता सूचना जनताले पूर्ण रुपमा, मागेको रुपमा, कम लागतमा, छोटो समयमा उपलब्ध गराउने सार्वजनिक निकायको दायित्व हुने व्यवस्था गरेको छ । सूचनाको हकको मुख्य उद्देश्य सरकार एवं सार्वजनिक निकायको क्रियाकलापलाई पारदर्शी, उत्तरदायी एवं जनमुखी बनाउनु हो ।
                                सरकारी सूचना र पत्रकार एवं पत्रपत्रिकाको व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारले सूचना विभागलाई दिएको छ । विगतमा सूचना विभागले तात्कालीन राजदरबारका सदस्यको गुणगान गाउन सीमित रहेको कारण सूचना विभागले सरकारका निर्णयहरु जनतासम्म पु¥याउने र पत्रकार एवं पत्रिकाको अभिलेख व्यवस्थापन लगायत कार्य गर्ने जिम्मेवारी पूरा गर्न सकेको थियो कि थिएन एक अध्ययनको विषय बनेर रहेको छ । तर आज नेपाल नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भई सकेपछि र सूचना प्रविधिको अभूतपूर्व परिवर्तनले सूचना र पत्रकारिताको क्षेत्रमा आमूल परिवर्तनको माग गरेको छ । विभागको सूचना सम्बन्धी कार्यक्षेत्र, सूचना संकलन, प्रशोधन, वितरण तथा पत्रकार एवं पत्रकारिताको विकास एवं व्यवस्थापनमा पनि नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारको आवश्यकता अनिवार्य भएकोे छ । यस सन्दर्भमा सूचना विभाग गणतन्त्रको संस्थागत एवं सुदृढीकरण गर्न, जनताको सूचनाको हकलाई वास्तविक रुपमा नै चरितार्थ गर्न, पत्रकारिताको विकास गर्न एवं जनचेतनाका सूचना प्रवाह गर्न केन्द्रीत हुँदै गएको छ ।


                               

उद्देश्य


                                सूचना विभागको उद्देश्य निम्नानुसार रहको छ 
                                १. नेपाल सरकारका काम कारवाही, अनुसन्धान एवं नीति वारे सर्वसाधारण जनता एवं स्वदेश तथा विदेशमा सूचना प्रवाहित गर्ने,

                                २. देशमा स्वस्थ, मर्यादित, व्यावसायिक तथा संस्थागत पत्रकारिताको विकासका लागि उत्प्रेरित गर्ने,

                                ३. पत्रकारिता क्षेत्रमा समर्पित श्रमजीवी पत्रकारहरुको हक हित र सुरक्षाको प्रत्याभूती गर्ने ।

१.१.२ कार्यक्षेत्र

                                नेपाल सरकार र पत्रकार जगतबीच सम्पर्कसूत्रको रूपमा रहेर काम गर्ने समेतको जिम्मेवारी पूरा गर्ने क्रममा हाल सूचना विभागले देहायका कार्यहरू गरि आएको छ 

                                १. सूचना विभागलाई समष्टिगत सूचनाको हव (Information Hub) को रूपमा विकास गरी सूचना संकलन एवं वितरण गर्ने ।

                                २. नेपाल सम्बन्धी विविध सूचनामूलक सामग्रीहरू प्रकाशन एवं वितरण गर्ने ।

                                ३. नेपाल सम्बन्धी विविध पक्षको सामग्रीहरू समावेश गरिएको ।।।नेपाल’ द्वैमासिक पत्रिका प्रकाशन गर्ने ।

                                ४. प्रत्येक वर्ष मिडिया डाइरेक्टरी, क्यालेण्डर एवं डायरी प्रकाशन गर्ने ।

                                ५. सरकारका नीति तथा निर्देशिकाहरूको प्रकाशन एवं वितरण गर्ने गराउने

                                ६. विभागबाट प्रकाशित सामग्रीहरू वितरण गर्ने ।

                                ७. पत्रपत्रिका जगतको लागि उपयोगी हुनसक्ने सूचना सामग्रीहरूको संकलन तथा प्रयोगको समुचित व्यवस्था गर्ने ।

                                ८. नेपाल सरकारको औपचारिक फोटोग्राफरको रूपमा कार्य गर्ने र फोटोग्राफीको अध्यावधिक अभिलेख राख्ने । फोटोग्राफीलार्ई समयानुकूल आधुनिक प्रविधिबाट सम्पन्न बनाउने । विशेष पर्व र समयमा फोटो प्रदर्शनीको आयोजना गर्ने र आवश्यकता अनुसार वितरण गर्ने ।

                                ९. महत्वपूर्ण समारोह, उत्सव र भेटघाटका अवसरका तस्वीरहरू विभागको कक्षमा प्रदर्शन गर्ने ।

                                १०. समय–समयमा सूचना प्रवाह र पत्रकारितासित सम्बन्धित विषयमा पत्रकार भेटघाट, पत्रकार सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, छलफल आदि आयोजना गर्ने ।

                                ११. राज्य प्रमुख एवं सरकार प्रमुखको विदेश भ्रमणका अवसरमा एवं फिर्ती हुने क्रममा पत्रकारहरुलाई व्यवस्थित गर्ने एवं सम्पर्क अधिकारीको रुपमा कार्य गर्ने ।

                                १२. विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको नेपाल भ्रमणको अवसरमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन एवं महत्वपूर्ण राष्ट्रिय पर्वहरूमा आवश्यकता अनुसार ।।।मिडिया सेन्टर’ को व्यवस्था गर्ने ।

                                १३. स्वदेशी तथा विदेशी सञ्चार माध्यमको प्रतिनिधिहरूलाई प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र प्रदान गर्ने र नवीकरण गर्ने ।

                                १४. नेपालमा दर्ता एवं प्रकाशन हुने सबै पत्रपत्रिकाको अध्यावधिक विवरणको अभिलेख आधुनिक र वैज्ञानिक ढंगले राख्ने ।

                                १५. राष्ट्रिय हितलाई दृष्टिगत गरी समय समयमा विदेशका ख्याति प्राप्त र महत्वपूर्ण पत्रकारहरूलाई निम्त्याई आतिथ्य प्रदान गर्ने ।

                                १६. विदेशी पत्रकारहरूको टोली नेपाल भ्रमणमा आउँदा स्वागत कार्यक्रमको आयोजना गर्ने ।

                                १७. नेपाल सरकारले स्वीकृत गरेको वर्गीकरणका आधारमा पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने ।

                                १८. सरकारबाट पत्रपत्रिका र पत्रकारहरूलाई भन्सार, कर र अन्य महसूल सुविधा वा छुट उपलब्ध गराइने भएमा सोको सिफारिस गर्ने ।

           

 

© Department of Information, Ministry of Information & Communication.
Designed by SoftBank